तस्कर

रुपन्देहीमा भन्सार छ्ली ल्याएको अबैध सामान नियन्त्रणमा

नवलपुर टुडे
२०८१ साउन ८ | मध्यान्ह ०६:०४ बजे

भैरहवा, श्रावण ८ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको विभिन्न युनिटबाट खटिएको टोलीले बिभिन्न किसिमको अबैध सामानहरु बरामद गरिएको छ । श्रावण ७ र ८ गते जिल्लाको विभिन्न स्थानहरुमा चेक जाँज गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी/ निकासी र पैठारी गरी ल्याएको सामान नियन्त्रणमा लिईएको हो ।

प्रहरीले प्याज ५ क्विन्टल, चिनी ६ बोरा साडी / कुर्ता सुरवाल ५१ वटा, जुत्ता/चप्पल ५४ जोर, ढोकाको पर्दा ८० वटा, टिसर्ट ५६ वटा जेन्स सेन्डो, सर्ट, लेगिज, लगायतका कपडाहरु, एयर फिल्टर (ट्याक्टर र मो.सा.मा प्रयोग गर्ने) ५ वटा, किराना सामानहरु, लु ३२ प ५६६५ नं. र युपि ५६ एपि ९०११ नम्बरको मोटरसाईकल २ थान नियन्त्रणमा लिईएको सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।

उक्त नियन्त्रणमा लिईएको विभिन्न सामानको अन्दाजी मूल्य रु. ४,०४,६५०।- बरावरको रहेको छ । नियन्त्रणमामा लिइएको सामान आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको भट्टले जानकारी दिए ।

कमेन्टहरु