लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्रीमा चेतनारायण आचार्य

नवलपुर टुडे
२०८१ साउन ७ | मध्यान्ह ०१:०४ बजे

लुम्बिनी । एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे । ‘पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको छ,’ उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’ अब बन्ने मुख्यमन्त्री आचार्यले दलको नेता लीला गिरी भए पनि मुख्यमन्त्रीमा आफूले दाबी पेश गर्न लागेको बताए ।

संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्नुका पछाडि केन्द्रको चासो र निर्देशनले काम गरेको निकटस्थ नेताहरुले बताए ।

कमेन्टहरु