घटना, मुख्य समाचार, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश
दार्चुलाको लेकममा भिरबाट लडेर एक महिलाको मृत्यु
प्रशान्त बोहरा
२०८१ साउन ७ | बिहान १०:०४ बजे

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली काटै बस्ने लाल सिंह साउदकी श्रीमती सरिता साउदको मृत्यु भएको स्थानीय सन्तोष साउदले जानकारी दिनुभयो ।
साउदको घाँस काट्ने क्रममा भिरबाट लडेर आइतबार मृत्यु भएको उहाँले बताउनुभयो ।


















