समाज

धार्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्‍याली

नवलपुर टुडे
२०८१ साउन ६ | बिहान १०:०४ बजे

‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको र्‍याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनःपनौती पुगेर समापन भएको थियो।

धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्‍याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताए। जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न र्‍याली आयोजना गरिएको बताए।

जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका–५ का वडा अध्यक्ष विनोद खत्रीले बताए।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्‍यालीको शनिबार शुभारम्भ गरेका थिए। र्‍यालीमा दुई सय जना सहभागी थिए। 

 
 

कमेन्टहरु