सानवी फाउन्डेसनको दोस्रो वार्षिकोत्सव सम्पन्न, विभिन्न संघ संस्था सम्मानित


वीरगंज, साउन ५ । सानवी फाउन्डेसन अफ नेपालको दोस्रो वार्षिकोत्सव कार्यक्रम शनिवार सम्पन्न भएको छ । वीरगंजको होटल कुमु प्यालेसमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि कृषि अनुसन्धान केन्द्र मधेश प्रदेशका निर्देशक डा. विशेश्वर प्रसाद यादवले गमलामा पानी हाली उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले यो संस्था छोटो समयमै सामाजिक कार्यमा उल्लेखनिय सहयोग पु¥याएकोमा धन्यबाद दिदै आउने दिनहरुमा पनि समाजलाई सकारात्मक प्रभाव पर्ने कार्यहरु गर्न सुझाएका थिए ।
फाउन्डेसनका अध्यक्ष सानु कुमारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथि पोखरिया नगरपालिकाका पूर्व उप–मेयर सलमा खातुन, तेजेन्द्र कौर, ओमप्रकाश सर्राफ, दिपक पटेल, निलम सिंह, नुतन सरावगी, अतिथिहरुमा दिलीप प्रजापति, दिलिप राज कार्की, राजन श्रीवास्तव लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी, फाउन्डेसनका पदाधिकारी, सदस्यहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको सानवी फाउन्डेसन अफ नेपालका संस्थापक विवेक कुमार झाले बताए ।
सो वार्षिकोत्सव कार्यक्रमको अवसरमा फाउन्डेसनको नयाँ कार्यसमिती समेत गठन भएको छ । जसको अध्यक्षमा सानु कुमारी, उपाध्यक्षमा अभिषेक झा, सचिवमा रतनेश कुमार मिश्रा, सह सचिवमा अस्मिता भुजेल, कोषाध्यक्षमा अंकित चौधरी, सह कोषाध्यक्षमा सोफिया खातुन अंसारी, संयोजकमा मलविन्दर कौर, सह संयोजकमा अंजली पटेल, कार्यक्रम सँयोजकमा आविदा खातुन, आई टी प्रमुखमा निर्मल मिश्र, प्रवक्तामा विक्की राज पटेल र सदस्यहरुमा पुजा कुमारी, आस्था पासमान, निक्की वर्णवाल, रंजना चौधरी, विवेक प्रसाद यादव, आशिष कुशवाहा, अंजली सर्रफÞ, पशुपति यादव, सारा श्रेष्ठ, खुशी रौनियार सर्वसहमत रुपमा चयन भएको प्रवक्ता विक्की राज पटेलले बताए ।
सो कार्यक्रममा विगत केही महिना अगाडि सामाजमा रहेका गरीब तथा विपन्न परिवारको सहयोग गर्ने उदेश्यले सानवी फाउन्डेसन अफ नेपाल र समृद्ध नेपाल फाउन्डेसनको सहकार्यमा आयोजित टी–१५ च्यारिटी क्रिकेट प्रतियोगितामा भाग लिएका सामाजिक संस्था तथा सानवी फाउन्डेसन अफ नेपालका अपिलमा एउटा उपचाररत बालिकालाई सहयोग गर्नुका साथै विभिन्न संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।
वार्षिकोतसवमा सम्मानित हुने संस्थाहरुमा एमएस धोनी फ्यान क्लब, वीरगंज स्पिरिट क्लब, ग्लोबल इमर्जिङ लिडर्श, टिम स्पेशल २६, अपन राधेमाई युथ क्लव, रामगढवा एकता क्लब, इमप्रोभिङ वीरगंज र समृद्ध नेपाल फाउन्डेसन रहेको संस्थाकी अध्यक्ष सानु कुमारीले बताईन ।























