प्रतापपुरमा सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु

नवलपुर टुडे
२०८१ साउन ५ | मध्यान्ह ०४:०४ बजे

नवलपरासी, साउन ५ । पश्चिम नवलपरासीको प्रतापपुरमा सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका- ५ बसहियास्थित मामा घरमा आएका प्रतापपुर गाउँपालिका- १ सिसहानिया बस्ने राम प्याकुरेलको छोरा बर्ष ६ को राज प्याकुरेल रहेको छ ।
उनी आज दिउँसो अन्दाजी २ बजे एक तले घरको कोठामा खेल्ने क्रममा एक्कासी झ्यालबात तल झरी सेफ्टी ट्याङ्की भित्र खस्न पुगेर घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।
उनलाई सेफ्टी ट्याङ्कीबाट तत्काल उद्दार गरी उपचारका लागि भारतको महाराजगंजस्थित निचलौल सामुदायिक अस्पताल लगेकोमा त्यहाँको डाक्टरले २:३० बजे मृत घोषण गरी शव घरमा ल्याई राखेको भन्ने खबर प्राप्त हुन साथ घटनास्थलमा प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको बोहराले जानकारी दिए ।























