घटना

सुस्तामा आगलागीबाट डेड लाखको क्षति

नवलपुर टुडे
२०८१ साउन ५ | मध्यान्ह ०४:०४ बजे

नवलपरासी, साउन ५ । पश्चिम नवलपरासीमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीबाट सुस्ता गाउँपालिका- ५ रतनगंज बस्ने सावित्री देवी तेलीको जस्ताको छानो भएको १ तले पक्की घरमा रहेको कस्मेटिक पसलको सामानहरु आंशिक रुपमा जलेको छ ।

शनिबार १२ बजे आगलागी भएको भन्ने खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटिगई स्थानीय र प्रहरीको सहयोगमा १२:१५ बजे आगो पुर्णरुपमा नियन्त्रणमा लिईएको हो । घटनामा कुनै पनि मानवीय र चौपायाको क्षति नभएको कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।

आगलागीबाट अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको समेत बोहराले जानकारी दिए ।

कमेन्टहरु