गण्डकी प्रदेश

मुस्ताङमा ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु

नवलपुर टुडे
२०८१ साउन ४ | मध्यान्ह ०५:०४ बजे

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बामा नाली खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका- १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका-१ का २२ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार शुक्रबार दिउँसो १ बजे घरपझोङको ढुम्बास्थित कुछप तेरङ्गा गुम्बाको नाली खन्नेक्रममा माटोको ढिस्को खसेर पुरिँदा घटनास्थलमै मृत्यु भएको हुन।

घटनास्थल पुगेको सेना, प्रहरी समेतको सहयोगमा डोजर प्रयोग गरी ढिस्कोको माटो पन्छ्याएर शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोम पुर्‍याइएको छ । प्रहरीले मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको र आफन्त आएपछि शव बुझाइने जनाएको छ ।

कमेन्टहरु