बर्दघाटमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

नवलपुर टुडे
२०८१ साउन ४ | मध्यान्ह १२:०४ बजे

नवलपरासी, साउन ४ । पश्चिम नवलपरासीको बर्दघाटमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका- १४ बस्ने बर्ष २० कि सोनिया खनाल रहेकी छिन।
उनी आज बिहान ३ बजे पिसाब फेर्न गएको बेला बायाँ खुट्टामा सर्पले टोकेर घाईते भएकी थिईन । उनलाई उपचारको लागि स्थानीय सरोज मेडिकल लगी सामान्य उपचार पश्चात् पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पुर्याउदा डाक्टरले बिहान ८:५० बजे मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।


















