घटना

चितवनको शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०८१ साउन ३ | मध्यान्ह ०८:०४ बजे

चितवन,साउन ३ । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ। बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले शवको सनाखत हुन बाँकी रहेको जानकारी दिए। शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको उनले बताए।

यससँगै फेला परेको शवको संख्या २० पुगेको छ। काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस गत शुक्रबार बिहानपख भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए। हालसम्म दुईवटै बस भेटिएका छैनन्।

कमेन्टहरु