रुपन्देहीबाट ३ लाख भन्दाबढी अबैध सामान बरामद

नवलपुर टुडे
२०८१ साउन ३ | मध्यान्ह ०८:०४ बजे

भैरहवा, साउन ३ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मातहत प्रहरीले भन्सार छली ल्याएको विभिन्न सामान बरामद गरिएको छ । बुधबार र बिहिवार जिल्लाको विभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/ पैठारी गरि ल्याएको अबैध सामान बरामद गरेका हुन ।

जसमा प्याज ५० बोरा, चिनी ६ बोरा, टप्स २२ पिस, साडी ३ पिस, लेगिज ८ पिस, टिसर्ट ४ पिस, सुट ६ पिस र बिभिन्न किसिमका किराना सामानहरु रहेका छन ।उक्त बरामद अबैध सामान अन्दाजी मुल्य रु.३,३५,४५०।- बरावरको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिएको छ ।

बरामद सामान आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको भट्टले बताए ।























