पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेका नवलपुरका ७६ वर्षीय वृद्धको मृत्यु

नवलपुर टुडे
२०८१ साउन ३ | मध्यान्ह ०२:०४ बजे

चितवन साउन ३ । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) को तेस्रो तलाबाट खसेका एक वृद्धको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।
मगर आज (बिहीबार) बिहान १०ः४० बजेको समयमा तेस्रो तलाको झ्यालबाट खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको हो ।























