अदालत

वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडलाई सफाइ

नवलपुर टुडे
२०८१ असार ३१ | मध्यान्ह ०४:०३ बजे

काठमाडौँ, असार ३१ । गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले गायक ओडाई सफाइ दिएका हुन् ।

आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ मा उक्त मुद्दाबारे सुनुवाई भएको थियो । सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको कञ्चनपुर जिल्ला अदालतको वेबसाइटमा उल्लेख छ ।

परिवर्तित नाम ७५ झलारी २९ कुमारी (ओडकी पत्नी) ले जेठ २ गते गायक ओड (७५ झलारी २९ (क) कुमार) विरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।

 

 

 

कमेन्टहरु