सुस्तामा पर्ने नारायणी नदिमा बेवारिसे शव फेला

नवलपुर टुडे
२०८१ असार ३० | मध्यान्ह ०७:०३ बजे

सुस्ता, असार ३० । पश्चिम नवलपरासीको सुस्तामा पर्ने नारायणी नदिमा एक जना बेवारिसे शव फेला परेको छ । आज ४:५० बजेको समयमा सुस्ता गाउँपालिका- ४ मा पर्ने पन्ध्र (१५) नम्बर ठोक्करस्थित नारायणी नदिको छेउमा हालसम्म नाम वतन नखुलेको अन्दाजी ४०/४५ बर्षको जस्तो देखिने पुरुषको शव भेला परेका हुन ।
उक्त शव नारायणी नदिको छेउमा घोप्टो अबस्थामा रहेको भन्ने स्थानीयमार्फत जानकारी प्राप्त हुन साथ तत्काल घटनास्थलमा प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।
फेला परेको शवमा छिर्केमिर्के सर्ट, खुट्टामा मोजा र कम्मरमा कालो कन्दानी बाँधेको रहेको छ । शो शव तत्काल पहिचान खुल्न नसकेको कारण फोटोसहितको हुलिया परिपत्र गरी सनाखतको प्रयास भईरहेको बोहराले जानकारी दिए ।























