बाढी/पहिरो

पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका ७ जनाको मृत्यु

नवलपुर टुडे
२०८१ असार २८ | बिहान ०६:०३ बजे
फाइल तस्बिर

अविरल वर्षापछिको पहिरोले घर पुरिँदा ४६ वर्षका कुल बहादुर परियार, ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको उनले बताए। उक्त पहिरोमै परेर चितवन घर भइ पोखरा माइत आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान् २५ वर्षका पश्मित परियार र अर्की एकजना महिला ५६ वर्षकी राधिका परियारको पनि मृत्यु भएको प्रवक्ता शर्माले बताए।

पहिराले पुरिएका अन्य २ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको डिएसपी शर्माले जानकारी दिए।

कमेन्टहरु