नारायणी नदीमा जलसतहले पार गर्यो सतर्कता तह

नवलपुर टुडे
२०८१ असार २८ | बिहान ०६:०३ बजे

देवघाट । नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । देवघाट जलमापन केन्द्रमा जलसतह ७.३ मिलिमिटरभन्दा माथि पुगेको छ । बाढी बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
यसैबीच, मकवानपुर जिल्लास्थित लालबकैया खोलाले पनि जलसतह पार गरेको छ । जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । बाढी बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बस्नेलाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


















