बाढी/पहिरो

मुग्लिङ-नारायणगढ सडकमा ठूलो पहिरो, पहिरो पन्छाउन ४ घण्टा लाग्ने

नवलपुर टुडे
२०८१ असार २८ | बिहान ०६:०३ बजे

मुग्लिङ । मुग्लिङ-नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरमा अनुसार कालीखोला चेनेजलगायतका ठाउँमा ठूला पहिरा गएका छन् । कार्यालयले पहिरो पन्छाउनका लागि लोडर मेसिन मोबिलाइज भएको जनाएको छ ।

साथै पहिरो पन्छाउन करिब ४ घण्टा लाग्ने पनि कार्यालयको भनाइ छ ।

कमेन्टहरु