घटना

नवलपुरको गैडाकोट नारायणी नदि किनारमा २ पुरुष र एक महिनाको बेवारिसे शव फेला

नवलपुर टुडे
२०८१ असार २५ | मध्यान्ह १२:०३ बजे

गैंडाकोट । नवलपुरको गैडाकोटस्थित नारायणी नदि किनारमा तीन जनाको शव बेवारिसे अबस्थामा फेला परेका छन ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार शव मंगलबार बिहान अन्दाजी १०:३० बजेको समयमा गैँडाकोट नगरपालिका- ०१ मजुवा सामुदायिक वनस्थित नारायणी नदि किनारमा हाल नामथर वतन नखुलेको २ पुरुष अन्दाजी बर्ष ६० क्रस र अन्दाजी बर्ष ४०/४५ ) र १ महिला अन्दाजी बर्ष ४०/४५ शव फेला परेका हुन।

बेवारिसे शव सडिगलेको अवस्थामा नारायणीले बगाएर ल्याएको जस्तो देखा परको भनी माछा मार्न गएका माझिले देखी इलाका प्रहरी कार्यालय गैंडाकोटलाई जानकारी गराउना साथ घटनास्थलमा प्र.नि. हस्त बहादुर सुनारको कमाण्डमा SOCO सहित ८ जनाको टोली खटिगएको नवलपुर जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बेद पौडेलले जानकारी दिएको छ ।

बेवारिसे अबस्थामा फेला परेको शवको बारेमा अन्य अनुसन्धान भइरहेको समेत पौडेलले जानकारी दिए ।

कमेन्टहरु