घटना

मेयर लामा सवार गाडीमा अज्ञात समूहद्वारा तोडफोड

नवलपुर टुडे
२०८१ असार २४ | बिहान ०६:०३ बजे

चितवन, असार २४ । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ ।

आइतवार राती करिब सवा ९ बजे राप्ती–२ स्थित बुद्धशान्ती माविको पछाडी पट्टि मेयर लामाले आफै चलाएको सरकारी गाडीमा आक्रमण भएको हो । समूहमा आएका केहि व्यक्तिले लामाको बा २ झ ३६६६ सेतो स्कार्पियोमा आक्रमण गरेकाको मेयर लामाको सचिवालयले जानकारी दिएको छ ।

मेयर लामाको गाडीको पछाडी पट्टिको सिसा फुटेको छ । मेयर लामालाइ कुनै भौतिक चोटपटक भने लागेको छैन । काम बिशेषले वडा नं २ को गड्यौली पुगेका लामा घर फर्कने क्रममा घटना घटेको हो । केहि समय अगाडी देखि लामालाइ जिल्ला सुरक्षा समितिले सुरक्षाको लागी एक जना पिएसओ समेत खटाएको छ । घटना घटेको केहि समयमै इलाका प्रहरी कार्यालय भण्डारा घटनास्थलमा पुगेको थियो ।

गाडी अहिले नगरपालिकाको प्रशासनिक भवनमा रहेको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु