नवलपरासीमा दाउरा टिप्ने क्रममा नदिले बगाउदा एक जना बेपत्ता


सुस्ता, असार २२ । पश्चिम नवलपरासीमा नारायणी नदिले बगाएर एक जना बेपत्ता भएका छन । सुस्ता गाउँपालिकाको- ५ सकर दिनई बस्ने राम केवल चमारको छोरा बर्ष अं.३३ को अर्जुन चमार नदिले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा नदिले बगाएर बेपत्ता भएका हुन ।
उनी शनिबार साझ ४:४५ बजे घर देखि अन्दाजी २ किलोमीटर पुर्व तर्फ रहेको नारायणी नदिमा बगाई ल्याएको दाउरा टिप्ने क्रममा अचानक बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
उनी बेपत्ता भएको खबर प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी रामनगरबाट प्र.ब.ना.नि राजाराम कुर्मीको कमाण्डमा प्रहरी टोलि खटिई खोजतलास शुरु गरेकोमा इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी कुडिया, प्रहरी चौकी नर्सही समेतबाट प्रहरी टोलि खटिगई स्थानियहरु समेतको सहयोगमा खोजतलास कार्य भई रहेकोसमेत बोहराले जानकारी दिए ।
बेपत्ता अर्जुन चमार हालसम्म फेला नपरेको र खोजी कार्य जारी रहेको छ ।























