घटना

नवलपुरमा एक पुरुषको झुन्डिएर मृत्यु, स्थानीयको कुटपिटबाट एक घाइते

नवलपुर टुडे
२०८१ असार २० | बिहान ०६:०३ बजे

नवलपुर, असार २० । नवलपुरमा एक पुरुषले झुन्डिएर आत्महत्या गरेका छन् ।

कावासोती न.पा. ८ टरुवास्थित गुम्बाको कम्पाउण्ड भित्रको टहरोमा बस्दै आएका ६४ वर्षीय नर बहादुर तामाङले बुधबार राती पौने १० बजेतिर जस्ताको छानोमुनी फलामको डण्डिमा नाईलनको डोरीको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् ।

उक्त स्थानका स्थानीयबासीहरुले सोही ठाउँ बस्ने बर्ष ४४ को लिला रोक्कालाई कुटपिट गरेका छन् । रोक्का तामाङसँगै केही बेर अगाडि मादक पदार्थ सेवन गरी सँगसगै हिडिरहेको भनि उनले केही गरेको आशंकामा प्रहरी आउनु अगावै स्थानीयले कुटपिट गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

रोक्कालाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको छ । उनको टाउको, अनुहारमा चोट लागेको छ ।

कमेन्टहरु