दुर्घटना

धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते

नवलपुर टुडे
२०८१ असार १७ | बिहान ०९:०३ बजे

जनकपुरधाम, असार १७ । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

आइतबार राती ९ बजेतिर सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका – ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् । उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु