बाढी/पहिरो

जाजरकोटमा पहिरोले घर पुरिँदा छोराको मृत्यु, बुवा घाइते

नवलपुर टुडे
२०८१ असार १७ | बिहान ०८:०३ बजे
फाइल तस्बिर

जाजरकोट, असार १७ । जाजरकोटमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।

गएराती परेको वर्षातका कारण आएको पहिरोमा पुरिएर भेरी नगरपालिका-५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो । 

पहिरोमा परि बुवा रमेश घाइते भएका छन् । उनको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवारमा अरु सबै सकुशल छ्न् ।

कमेन्टहरु