एसईईको मौका परीक्षा साउन २३ देखि ३१ गतेसम्म


काठमाण्डौँ, असार १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् मौका परीक्षा साउन २३ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेदेखि मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ ।
शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडे ल्याएकालाई समेत परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्डको बैठकले परीक्षाको मिति सार्वजनिक गरेको हो । साउन २३ गतेदेखि शुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने मौका परीक्षाको नतिजा असोजको पहिलो हप्ताभित्र सार्वजनिक गरिने छ ।
बोर्डका अनुसार मौका परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । यस वर्षको एसईईमा नन ग्रेडेड अर्थात् अनुत्तीर्ण सबै दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् ।























