कृषि

बुटवलका किसानलाई उपमहानगरपालिकाद्वारा अनुदानमा पाडी वितरण

नवलपुर टुडे
२०८१ असार १६ | मध्यान्ह ०७:०३ बजे

बुटवल । बुटवल उपमहानगरपालिकाले दुग्ध प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार किसानलाई ५० प्रतिशत अनुदानमा भैंसीका पाडी वितरण सुरु गरेको हो । जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरिएको छ ।

नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुग्ध उत्पादनमा सबल बनाउनका लागि बिमा गरेर भैंसीका पाडी वितरण गरिएको बताए । बुटवललाई दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी क्रमशः वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् ।

बुटवलले यसअघि किसानलाई दुग्ध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेसन युनिट, कन्ट्रोल प्यानल सहितको मेसिन उपलब्ध गराइएको हो ।

कमेन्टहरु