घटना

बाढी, पहिरो र चट्याङबाट दुई सातामा ३६ जनाले गुमाए ज्यान

नवलपुर टुडे
२०८१ असार १६ | मध्यान्ह ०६:०३ बजे

काठमाडौं । असार सुरु भएपछिको दुई सातामा बाढी, पहिरो र चट्याङका घटनामा परी देशभर ३६ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका अनुसार असार १ देखि १५ गतेसम्मको अवधिमा उनीहरूले ज्यान गुमाएका हुन् ।

बितेको दुई सातामा बाढी, पहिरो र चट्याङका २५० घटना रेकर्ड भएको केन्द्रले जनाएको छ । ती घटनामा पनि एक जना बेपत्ता भएका भएका छन् भने ४८ जना घाइते भएका छन् । बाढी, पहिरो र चट्याङले पछिल्लो दुई सातामा साढे ६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ ।

चट्याङ लागेरमात्र असार १ गतेयता १८ जनाको मृत्यु भएको छ । उक्त अवधिमा पहिरोका घटनामा परी १७ जना र बाढीका घटनामा परी एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

कमेन्टहरु