स्याङ्जामा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु

नवलपुर टुडे
२०८१ असार १५ | बिहान ०८:०३ बजे

स्याङ्जा, असार १५ । स्याङ्जाको फेदीखोला गाउँपालिका-५ मा गएराति पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ ।
गएराति साढे ११ बजे वर्षासँगै आएको पहिरोले घर पुरिँदा स्थानीय दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।
सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।























