शिक्षा

चितवनको स्मल हेभन मोडेल स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपिए

नवलपुर टुडे
२०८१ असार १३ | मध्यान्ह ०४:०३ बजे

भरतपुर, असार १३ । चितवनको भरतपुर- २ आँपटारीस्थित स्मल हेभन मोडेल स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन ।

आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा विद्यार्थी प्रशंसा पराजुली र अंकुर मिश्रले ४ जिपिए ल्याएका हुन ।

दुई विद्यार्थीको ४ जिपिएसंगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल विमल क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार स्कुलका १८ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन ।

यसबर्ष स्मल हेभन मोडेल स्कुलका ५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागि भएका थिए ।

कमेन्टहरु