समाचार

नारायणी नदीमा डुबेर एक बालक बेपत्ता

नवलपुर टुडे
२०८१ असार १३ | बिहान ०६:०३ बजे

नवलपुर, असार १३ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं ६ राम मन्दिर नजिकै नारायणी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही वडाको गैह्रि बस्ने नेत्र बहादुर नेपालीको छोरा ८ वर्षीय युनिस नेपाली रहेका छन् । उनी भाग्योदय आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत थिए ।

बुधबार बेलुकी ६ बजेतिर स्थानीय तुलबहादुर कुमालले पार्कीङ गरी राखेको काठको डुङ्गामा खेल्ने क्रममा चिप्लिन गई नदिमा खसेर युनिस बेपत्ता भएका थिए ।

उनीसँगै खेल्न गएका २ जना बालकले घरमा गई खबर गरेपछि गएरातीदेखि नै ईप्रका गैंडाकोटको प्रहरी टोली र स्थानिय मिलेर खोजतलास कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु