फेवातालमा डुबेर बागलुङका मगरको मृत्यु

नवलपुर टुडे
२०८१ असार १२ | मध्यान्ह ०७:०३ बजे

पोखरा । फेवातालमा डुबेर बुधबार बागलुङका ३१ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको छ । फेवातालमा मिसिने हर्पन खोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले बगाउँदा उनी बेपत्ता भएका थिए ।
उक्त खबर पाएपछि सशस्त्र प्रहरी बल कालिका गणको फेवातालस्थित एपीएफ रेस्क्यु वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोली उद्धारमा खटिएको थियो ।























