कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते

नवलपुर टुडे
२०८१ असार १२ | बिहान ०९:०३ बजे

धनगढी, असार १२ । कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । आज (बुधबार) बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीका तीन बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एपसी) पदमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।
गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा सामान्य उपचारपश्चात थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।























