चितवन फुटसल एण्ड स्पोर्टस जोन भित्र युवक मृत फेला

नवलपुर टुडे
२०८१ असार १२ | बिहान ०८:०३ बजे

भरतपुर, असार १२ । चितवनको भरतपुर महानगरपालिका – ७ स्थित चितवन फुटसल एण्ड स्पोर्टस जोन भित्रको कोठामा एक युवक मृत फेला परेका छन् ।
माडी नगरपालिका – ६ बस्ने २३ वर्षिय अखिल सापकोटा घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । हिजो राती१० बजे साथीहरुले मृत देखेपछी प्रहरीलाइ खबर गरेका थिए ।
अहिले प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार गर्ने लगायतको काम गरिरहेको छ । मृतकको मुखबाट रगत आएको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























