बाढी/पहिरो

मोरङको बूढी खोलाले बगाउँदा एकको मृत्यु, एकको उद्धार, दुई जना बेपत्ता

नवलपुर टुडे
२०८१ असार ११ | मध्यान्ह ०३:०३ बजे
फाइल तस्बिर

मोरङ, असार ११ । मोरङको बूढी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुई जना बेपत्ता भएका छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका – ४ गौशला नजिकै बूढी खोलामा माछा मार्ने क्रममा आज (मंगलबार) दिउँसो चार जनालाई बाढीले बगाएको थियो । बाढीले बगाएकामध्ये सुन्दरहरैँचा–४ की प्रेमकला चौधरीको शव भेटिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

यस्तै बाढीले बगाएका ६० वर्षकी असरादेवी चौधरी र ३० वर्षकी फूला चौधरी बेपत्ता भएका छन् । ३० वर्षकी स्वस्तिका चौधरीको भने उद्धार गरिएको छ । बेपत्ता भएकाहरूको खोजी भइरहेको एसपी कार्कीले बताए ।

झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा गए रातिदेखि ठूलो पानी परिरहेको छ । बूढी खोलाको बाढीले सतर्कता तह पार गरेको भन्दै बाढी सूचना केन्द्रले मोरङले चेतावनीसमेत जारी गरेको छ ।

कमेन्टहरु