तिलोत्तमाको शंकरनगरदेखि बनबाटिका जाँदै गरेको माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपुर टुडे
२०८१ असार ११ | मध्यान्ह १२:०३ बजे

बुटवल, असार ११ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ शंकरनगरस्थित सडकमा माइक्रो बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
शंकरनगरबाट बनबाटिकातर्फ जाँदै गरेको लु १ ख ४५६६ नम्बरको माइक्रो बसको ठक्करबाट सोही नगरपालिका – २ बस्ने बेली घर्तीकी छोरी ५ वर्षीया रेखा घर्तीको सोमबार दिउँसो मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले माइक्रो बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।























