समाचार

झापामा चट्याङले लागेर दुईजनाको मृत्यु

नवलपुर टुडे
२०८१ असार ११ | बिहान ११:०३ बजे

झापा, असार ११ । झापामा चट्याङले लागेर दुईजनाको मृत्यु भएको छ । आज (मंगलबार) बिहान वर्षासंगै परेको चट्याङ लागेर गौरीगञ्ज र कमलमा एक–एकजनाको मृत्यु भएको हो । मृत्यु हुने दुवैजना पुरुष छन् ।

बिहान ८ः४५ बजेको समयमा गौरीगञ्ज गाउँपालिका वडा नं.३ ठेकिटोलामा सिताराम दाहालको खेतबारीमा धानको बीउ उखाल्ने क्रममा ४२ वर्षीय लिला भन्ने विकास गिरीलाई चट्याङ लागेको थियो ।गौरादह नगरपालिका वडा न. ८ बस्ने गिरीको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै कमल गाउँपालिकामा चट्याङले लागेर एकजनाको मृत्यु भएको छ । बिहान ७ बजेको समयमा कमल गाउँपालिका वडा नम्वर २ समाईगढ बस्ने ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको हो ।

आफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाईते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा बिहान ७ः४५ बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कमेन्टहरु