समाचार

आँगनमा राखेको बाटाको पानीमा डुबेर ८ महिने शिशुको मृत्यु

नवलपुर टुडे
२०८१ असार ११ | बिहान १०:०३ बजे

दाङ, असार ११ । दाङमा ८ महिने शिशुको डुबेर मृत्यु भएको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गतेराकी बिना पुनको छोरा ८ महिने शिशु सल्लिम पुनको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरको आँगनमा प्लाष्टिकको बाटामा पानी भरेर राखिएको थियो । खेल्ने क्रममा उनी उक्त बाटामा डुब्न पुगेका थिए ।

डुबेर अवस्था गम्भीर भएका शिशुको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा डक्टरहरुले मृत घोषणा गरेका थिए ।

कमेन्टहरु