चितवनमा जंगली च्याउ खाँदा तीन जना विरामी

नवलपुर टुडे
२०८१ असार ११ | बिहान १०:०३ बजे

चितवन, असार ११ । चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा जंगली च्याउ खाएर तीन जना विरामी भएका छन् ।
सोमबार साँझ जंगली च्याउ खाँदा कालिका नगरपालिका–९ बस्ने वर्ष ६६ को लाल बहादुर चेपाङ, वर्ष ५० को बल बहादुर चेपाङ र वर्ष १५ को सुजन चेपाङ विरामी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
उनीहरुले अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तीनै जनाको अवस्था मध्यम रहेको र घटनाको विषयमा थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।























