समाचार

नवलपुरको नारायणी नदिमा गोहीको आक्रमणबाट एक वृद्धको मृत्यु

नवलपुर टुडे
२०८१ असार १० | मध्यान्ह १२:०३ बजे

नवलपुर, असार १० । नवलपुरको नारायणी नदिमा गोहीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका – २ सियारीस्थित नारायणी नदिमा नुहाउने क्रममा गोहीले आक्रमण गर्दा सोही ठाउँका ७२ वर्षीय मिल बहादुर थारुको मृत्यु भएको हो । आज (सोमबार) बिहान ९ बजेतिर थारुलाई नुहाउने क्रममा अचानक गोहीले तानी नदिमा डुबेको अवस्थामा छिमेकी मानसिंह चौधरीले देखेका थिए ।

उनले प्रहरीमा खबर गरेलगत्तै तत्काल प्रहरी टोली खटी गई प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्दा मृत्यु भइसकेको अवस्थामा थारुको शव भेटिएको नवलपुरका सूचना अधिकारी डिएसपी बेद बहादुर पौडेलले जानकारी दिए ।

डिएसपी पौडेलका अनुसार थारुको दुवै खुट्टाको घुडा मुनीको मासुको भाग गोहीले खाएको अवस्थामा शव भेटिएको हो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

कमेन्टहरु