समाचार

रौतहटबाट हतियारसहित भारतीय नागरिक पक्राउ

अशोक यादव
२०८१ असार १० | बिहान ११:०३ बजे

रौतहट, असार १० । रौतहटको गौर नगरपालिका वडा नं २ महादेवपट्टि नाकाबाट सशस्त्र प्रहरीले सोमबार हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सितामढी बैरगनिया – ३ असोगी निवासी २१ वर्षीय राहुल राम रहेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नखुलेको मोटरसाइकललाई सीमाक्षेत्रमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुल बक्समा सो हतियार फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

कमेन्टहरु