समाचार

पोषराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

नवलपुर टुडे
२०८१ असार १० | बिहान ०९:०३ बजे

काठमाडौँ, असार १० । गृह मन्त्रालयले डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार बिहान बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनको स्थानमा पोखरेललाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।

कमेन्टहरु