समाचार

चितवनको बाटुली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

नवलपुर टुडे
२०८१ असार १० | बिहान ०७:०३ बजे

चितवन, असार १० । चितवनको भरतपुर महानगरपालिका–१३ उज्वलनगरमा अवस्थित बाटुली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ ।

बाग्लुङको काठेखोला गाउँपालिका–३ भन्जादेउराली घर भई भरतपुर महानगरपालिका–८ बस्ने २६ वर्षीय सुजन घर्ती मगरको शव फेला पारेको इलाका प्रहरी कार्यालय गीतानगरका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार आइतबार दिउँसो मगरसहित तीन जना पोखरीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेपछि प्रहरीलाई अपरान्ह ३ः३० बजे खबर प्राप्त भएको थियो । शशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा ५ बजे शव निकालिएको श्रेष्ठले बताए ।

मृतक मगरको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

कमेन्टहरु