समाचार

नवलपुरमा घाँस झार्ने क्रममा रुखबाट लडेर एक जना घाइते

नवलपुर टुडे
२०८१ असार ९ | मध्यान्ह ०७:०३ बजे

नवलपुर, असार ९ । नवलपुरमा घाँस झार्ने क्रममा रुखबाट लडेर एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा गैंडाकोट नगरपालिका – ३ ढोडेनीका ३९ वर्षीय कृष्ण प्रसाद पौडेल छन् ।

सोमबार दिउँसो ११ बजेतिर घरदेखि करिब २/३ किलोमिटर उत्तरतर्फ रहेको देउराली सामुदायिक वनमा जाल्मा घाँस झार्ने क्रममा लडेर पौडेल घाइते भएका थिए । उनी रुखबाट अन्दाजी ३०/३५ मिटर तल खसेका थिए । उनको अहिले नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

उनको अवस्था अहिले मध्यम रहेको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु