सडकमा हिडडुल गर्ने मानिसलाई अनावश्यक दुख दिने ६ जना तेस्रो लिङ्गी पक्राउ

नवलपुर टुडे
२०८१ असार ९ | मध्यान्ह ०३:०३ बजे

धनगढी, असार ९ । कैलालीको धनगढीबाट ६ जना तेस्रो लिङ्गी पक्राउ परेका छन् । सडकमा हिडडुल गर्ने मानिसहरुलाई अनावश्यक हैरानी दिने गरेको भन्दै ६ जना तेस्रो लिङ्गीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकबाट उनीहरूलाई वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पर्सा बस्ने २५ वर्षीया उर्मिला तावा, कैलाली घर भएकी १९ वर्षीया रेनुसिंह ठकरी, कैलालीकै १८ वर्षीया पारु ठकुरी, कैलाली घर भएकी १९ वर्षीया अनु मगर, कञ्चनपुरकी १९ वर्षीया निशा खड्का र बझाङकी १८ वर्षीया निशा बोहरा छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।























