प्रेममा धोका पाएपछि ल्याव टेक्निसियन मेहताले गरे आत्महत्या

नवलपुर टुडे
२०८१ असार ९ | बिहान ११:०३ बजे

सुनसरी, असार ९ । सुनसरीको देवानगञ्ज गाउँपालिका -६ घर भई जिल्ला अस्पताल धनकुटामा कार्यरत अर्जुन मेहताले आत्महत्या गरेको छन् ।
जिल्ला अस्पताल धनकुटाको ल्याव विभागमा ल्याव टेक्निसियनको रुपमा कार्यरत मेहताले आफूलाई प्रेमिका र प्रेमिकाको परिवारले अनावश्यक टर्चर दिएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेको केही समयमै आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्नु अगाडी उनले आफूसँग प्रेममा रहेको युवतीको परिवारको सहमतिमै आफूहरुले गोप्य बिहे गरेको र बिहेको केहि दिनपछि युवतीको परिवारले पैसाको बार्गेनिङ गर्दै आफूमाथि जबरजस्ती करणीको मुद्दा र साइबर क्राइमको मुद्दा दायर गरी बारम्बार टर्चर दिईरहेको बताएका थिए ।
मेहताको शव पोष्टमार्टमका लागि कोशी अस्पताल बिराटनगर लगिएको छ ।























