वडा अध्यक्षले गराए नगरस्तरिय हाजिरी जवाफ प्रतियोगिता


रौतहट । राैतहटकाे कटहरिया नगरपालिका- ४ का वडा अध्यक्ष चन्दन कुशवाहाकाे प्रमुख अतिथिमा शुक्रबार नगरभरीमा रहेका ५ वटा माध्यमिक बिद्यालयलाई ब्यक्तिगत लगानीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गराएका छन ।
कटहरिया नगरपालिकाकाे श्री माध्यमिक बिद्यालय भषेडवाकाे प्राङ्गणमा साे कार्यक्रम संचालन गरेका हुन । साे कार्यक्रमका बिशिस्ट अतिथि नगरपालिकाकी उपमेयर रिता देबी यादब तथा अतिथि राैतहट जिल्ला समन्वय एकाई समितिका पुर्व अध्यक्ष रामएकवाल यादब र पुर्व वडा अध्यक्ष राजकुमार साहल रेका थिए ।
साे कार्यक्रमकाे अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिलाल यादबले गरेका थियो ।नगर भरिका सबै बालबालिकालाई शिक्षा प्रतिकाे जागरूकता बढाउनकाे लागि तथा नगरका शिक्षामा देखिएकाे कमिकमजाेरीलाई बिभिन्न कार्यक्रमकाे माध्यमबाट सुधार गराउने उदेश्यले गाउँनगर र देशलाई छुट्टै पहिचान बनाउन आफुबाट शुरूवात गर्नु पर्छ भन्ने भनाइ अनुसार साे कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेकाे हो ।
जिल्लाकाे याे पहिलो वडा हाे जसले यस्तो कार्यक्रमलाई पहिलो शुरूवात गरेका छन । यस्तो देखासिकिले अरू वडाका अध्यक्षले अन्य वडामा शिक्षा प्राथमिकतामा राखेर केही कार्यक्रम गराउने उदेश्यले वडा अध्यक्ष कुशवाहाले बताए ।
साे कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यालय प्रतिनिधि विद्यार्थी तथा गाउँका भद्रभलादमीकाे उपस्थित रहेकाे सो वडाका वडा सचिब छाेटेलाल मिश्राले बताए ।























