कोसीदेखि लुम्बिनीसम्म वर्षा, गण्डकीमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे
२०८१ असार ७ | बिहान ०६:०३ बजे

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मनसुन प्रणाली सक्रिय भएका स्थानका केही भू–भागमा वर्षा भइरहेको हो ।
गण्डकी प्रदेशको थोरै तथा कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।























