उद्योगको प्रर्वद्धन र विस्तारका लागी प्रदेश सरकारले कानुनी जटिलतालाई हटाउने: मन्त्रि वस्नेत


नवलपरासी, असार ५ । लुम्विनी प्रदेश सरकारका उद्योग पर्यटन तथा सहकारी मन्त्रि खड्ग वस्नेतले उद्योगको प्रर्वद्धन र विस्तारका लागी प्रदेश सरकारले कानुनी जटिलतालाई हटाउने वताउनुभएको छ । उद्योग वाणिज्य संघ सुनवलले मन्त्रि वस्नेतको लागी अयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्दै उद्योग दर्ता र नविकरण विशेष छुट सहितको व्यवस्थापन सहित मन्त्रालय अगाडि बढेको बताउनुभयो।
त्यस्तै स्वरोजगार बनाउन नितिगत सुधार गर्दै अगाडि बढेको र मागको आधारमा तालीम संचालन गर्ने र तालीम प्राप्त व्यक्तिलाई प्रविधि हस्तान्तरण गरि स्वरोजगार बनाउने गरि बजेट निर्माण गर्ने मन्त्रि वस्नेतले बताउनुभयो । त्यस्तै नितिगत सुधारको लागी उद्योगी र व्यवसायीहरु सँग छलफल गर्ने बताउदै उद्योग दर्ता घर बाटै गर्न सक्ने व्यवस्थाको लागी मन्त्रालय अगाडि वढेको मन्त्री वस्नेतको भनाई छ ।
उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा सचीव तुलसीराम तिवारीको संचालनमा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति महासंघ, बैकर्स संघ,प्याब्सन विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।























