दुर्घटना

झापामा बस र टिपर एक आपसमा ठोक्किँदा २० जना यात्रु घाइते (नामावलीसहित)

नवलपुर टुडे
२०८१ असार ४ | मध्यान्ह १२:०३ बजे

झापा, असार ४ । झापाको कमल गाउँपालिका वडा नं. ४ चुलाचुली मोडस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् । आज बिहान सवा ७ बजेतिर झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा३ ख २१६६ नम्बरको टिपर र विपरीत दिशा तर्फबाट आउँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २१ जना यात्रुहरु घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेहरुको विवरण
१. कमल गाँपालिका वडा नं.–४ बस्ने बर्ष ३८ की बिनु लिम्बू ,देब्रे पाता र खुट्टामा चोट, अवस्था मध्यम, लाईफलाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर ।
२. झापा दमक नगरपालिका वडा नं.–५ बस्ने बर्ष ४२ का कलिन्द्र शेर्मा, घाँटीमा चोट, अवस्था मध्यम, लाईफलाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर ।
३.मधुमल्ला –८ बस्ने बर्ष अन्दाजी वर्ष ३५–३६ की कल्पना कटुवाल, टाउकोमा चोट, अवस्था बोल्न नसक्ने गम्भीर, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर ।
४. उनकै छोरा नामथर नखुलेको अन्दाजी ४–५ बर्षका बालक, टाउको र गालामा चोट, अवस्था बोल्न नसक्ने गम्भीर, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर ।
५. मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.–१ बस्ने बर्ष ४० की पूर्णमाया पोखरेल, टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर ।
६. झापा दमक नगरपालिका वडा नं.–८ बस्ने बर्ष ५१ का होमबहादुर भट्टराई,टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर ।
७.सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.–५ बस्ने बर्ष ३८ की शारदा खड्का, टाउको र अनुहारमा चोट, अवस्था बोल्न नसक्ने गम्भीर, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर ।
८. झापा दमक नगरपालिका –५ बस्ने बर्ष ४५ का अच्युत निरौला, नाक र निधारमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर ।
९. कमल गाउँपालिका वडा नं.–५ बस्ने बर्ष ३८ की लिला चौहान, हात खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर ।
१०. झापा दमक नगरपालिका वडा नं.–१ बस्ने बर्ष ३५ का राजु कडरिया, बाया गालामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि निम्स अस्पताल दमक रेफर ।
११. झापा गौरादह नगरपालिका वडा नं.–४ बस्ने बर्ष ३० का दुर्गाबहादुर श्रेष्ठ, टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि निम्स अस्पताल दमक रेफर ।
१२. मोरङ उर्लाबारी नगरपालिका वडा नं.–७ बस्ने बर्ष ५० का कृष्णकुमार तामाङ, दाहिने खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा उपचार हुँदै ।
१३. झापा दमक नगरपालिका वडा नं.–८ बस्ने बर्ष ६५ का भरत ढकाल, नाक र दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा उपचार हुँदै ।
१४. दमक नगरपालिका वडा नं.–१ बस्ने बर्ष ४६ की बबिता राई, टाउकोमा र छातीमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक अस्पताल दमकमा उपचार हुँदै ।
१५.दमक नगरपालिका वडा नं.–४ बस्ने बर्ष ३० की भारती मगर, नाक र दाहिने खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य, लाईफलाईन अस्पताल दमकमा उपचार हुँदै ।
१६.कमल गाँउपालिका वडा नं.–५ बस्ने बर्ष ४० का लक्ष्मी सुब्बा, मुखमा चोट, अवस्था बोल्न सक्ने सामान्य, लाईफलाईन अस्पताल दमकमा उपचार हुँदै ।
१७. बिर्तामोड नगरपालिका वडा नं.–४ बस्ने बर्ष २१ का कर्णबहादुर राजबंशी , टाउकोमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य, लाईफलाईन अस्पताल दमकमा उपचार हुँदै ।
१८. भोजपुर ट्याम्केमैयुम गाउँपालिका वडा नं.–४ बस्ने बर्ष ४५ की चरित्र राई, देब्रे पातो भाच्चिएको, खुट्टामा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य, लाईफलाईन अस्पताल दमकमा उपचार हुँदै ।
१९. मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं.–१ बस्ने बर्ष ६५ का टंकप्रसाद चुडाल, मुखमा चोट, अवस्था बोल्न सक्ने सामान्य, लाईफलाईन अस्पताल दमकमा उपचार हुँदै ।
२०.उनकै छोरी बर्ष १५ की क्याटरिना चुडाल, टाउकोमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य, लाईफलाईन अस्पताल दमकमा उपचार हुँदै ।

बस र टिपर घटनास्थलमै रहेको तर, बाटो अवरोध नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । बस चालक उदयपुर त्रियुगा नगरपालिका वडा न. ३ बस्ने ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा गणेशमान नगरपालिका–५ बस्ने ३४ वर्षीय शेरबहादुर राईलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु