चार दिनदेखि बेपत्ता रहेका गुल्मीका ठगबहादुर राना मृत फेला

नवलपुर टुडे
२०८१ असार ४ | बिहान १०:०३ बजे

गुल्मी, असार ४ । चार दिनदेखि बेपत्ता रहेका गुल्मीको इस्मा गाउँपालिका-१ का ६२ वर्षीय ठगबहादुर राना मृत फेला परेका छन् ।
गत जेठ ३२ गते घरबाट खेतमा काम गर्न भन्दै हिँडेका राना चार दिनपछि मुसिकोट नगरपालिका – २ टारीडाँडा खेतमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।























