सुर्खेतमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

नवलपुर टुडे
२०८१ असार ३ | मध्यान्ह ०७:०३ बजे

सुर्खेत, असार ३ । सुर्खेतमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसास्सिएर स्थानीय ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी प्रसाद कँडेलको मृत्यु भएको हो ।
सोमबार अपरान्ह ४:२४ बजेतिर पिपराका तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा अक्सिजनको अभाव भएपछि निसास्सिएर उनीहरू बेहोस भएका थिए ।
उनीहरूलाई तत्काल उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो ।























